Home समाचार गोरखामा शनिबार दिनभर बिद्युत आपूर्ती बन्द हुने

गोरखामा शनिबार दिनभर बिद्युत आपूर्ती बन्द हुने

शुक्रबार, असाेज १६, २०७७
0
173

गोरखा १६, असोज । गोरखामा शनिबार दिनभर बिद्युत आपूर्ती बन्द हुने भएको छ । तनहुँ आँवुखैरेनी स्थित ३३ के.भि. सवस्टेशनदेखि गोरखा स्थित ३३ के.भि. सवस्टेशनसम्म प्रसारण गरिएको ३३ के.भि. लाईन मुनि तथा Right of way मा परेका रुखका हाँगाबिँगा काट्नु पर्ने भएकाले बिद्युत आपूर्ती बन्द गर्न लागिएको प्राधिरकण गोरखा बितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिए ।

उनका अनुुसार शनिबार विहान १० वजेदेखि वेलुकी ५ वजेसम्म गोरखा नगरपालिका., भिमसेन गाउँपालिका., सिरानचोक गाउँपालिका, शहिदलखन गाउँपालिका., पालुङटार नगरपालिका. लगाएतका स्थानहरुमा विद्युत आपूर्ति वन्द हुनेछ । निर्धारित समय भन्दा अगाबै काम सम्पन्न भएमा अगाडी नै विद्युत सप्लाई सूचारु गरिने प्राधिकरणले जनाएको छ ।

NO COMMENTS