Home Breaking News प्रदेश ५ काे नाम लुम्विनी, राजधानी दाङ देउखुरी

प्रदेश ५ काे नाम लुम्विनी, राजधानी दाङ देउखुरी

शुक्रबार, असाेज १६, २०७७
0
259

रुपन्देही । प्रदेश ५ ले आफ्नो नाम र प्रदेश राजधानी रहने स्थान किटान गरेको छ । आज बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्तावलाई बहुमतले पारित गरेसंगै लामो समयदेखि विवाद रहेको नाम र प्रदेशको राजधानीको टुंगो लागेको हो ।  प्रदेशको राजधानी दाङ जिल्लाको देउखुरी रहने भएको छ भने प्रदेशको नाम लुम्बिनी रहने भएको छ ।

आजको प्रदेश सभाको बैठकमा सत्तारुढ दलका सवै सांसदहरुले सरकारले अघि सारेको प्रस्तावको पक्षमा मतदान गरे भने विपक्षी काँग्रेस लगायतका केही सांसदहरुले विपक्षमा मतदान गरे ।

प्रदेश ५ को राजधानी तथा नामको टुंगो लगाउन केही समय यता सत्तारुढ दलले समेत प्रयास गरिरहेको र अन्नतः टुंगो लगाएको प्रदेश ५ को नेकपाको अध्यक्ष ओनसरी घर्तीले समाचार दैनिकलाई बताईन् ।

लामो समयदेखि टंगिन बाँकी रहेको प्रदेश ५ को राजधानी तथा नामको टुंगो लगाउन यसअघि संसदीय समिति गठन गरिएको थियो । समितिले स्थानीय स्तरमा समेत पुगेर जनमतको अध्ययन गरि प्रदेश राजधानी र नामको टुंगो लगाएको हो ।

देउखुरी संगै अर्घखाँचीको सितगंगा नगरपालिका र दाङ गढवा तथा राप्ती गाउँपालिकामा समेत प्रदेश राजधानीका प्रशासनिक मुकामहरु रहनेछन् ।  प्रदेश संसदले राजधानीको टुंगो लगाएसंगै सो क्षेत्रमा आजैदेखि जग्गा खण्डीकरण तथा बेचविखनमा रोक लगाईएको छ ।

NO COMMENTS