Home Breaking News नेपालमा बारपाक सुलिकाेट गाउँपालिका किसानकाे हितमा काम गर्दै

नेपालमा बारपाक सुलिकाेट गाउँपालिका किसानकाे हितमा काम गर्दै

बिहिबार, असाेज २९, २०७७
0
217

असोज २९,गोरखा । एेतिहािसक स्थलमा रहेकाे बारपाक सुलिकाेट गाउँपालिका किसानहरमा प्रविधिकाे हस्तान्तरण गर्न नेपालकै अग्रस्थानमा देखिएकाे छ । पालिकाले चालु आर्थिक वर्षका कार्यक्रमहरु धमाधम अघि बढाएकाे छ । यसैवीच  जिल्लाकाे बारपाक सुलिकोट गाउँपालिकाले किसानहरुलाई हाते ट्रयाक्टर र कोदो कुट्ने मेसिन वितरण गरेको छ ।

गाउँपालिका भित्रका १६ वटा कृषि सहकारी र कृषि समुहलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर र ३ वटा महिला समुहलाई कोदो कुट्ने मेसिन वितरण गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।

गाउँपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष विष्णु भट्टले किसानलाई ट्रयाक्टर र कोदो चुट्ने मेसिन हस्तान्तरण गरे । कृषिमा आधुनिनिकरण र यान्त्रीकरणका लागि किसानलाई  सात हर्ज पावरको हाते ट्रयाक्टर र कोदो कुट्ने मेसिन वितरण गरिएकाे उनले बताए । किसानलाई ब्यबसायीक खेतीमा आकर्षित गर्न र बाँझो रहेका जमिनबाट उत्पादन लिन ट्रयाक्टरले सघाउने प्रमुख प्रशासकीय अधिकृत गाैतम भण्डारीकाे  भनाइ छ ।

अहिले ट्रयाक्टर पाउने सहकारी र समुहले ३ बर्षसम्म गाउँपालिकामा नयाँ ट्रयाक्टर माग गर्न पाउने छैनन । सहकारीले भाडामा समेत प्रयोग गर्न पाउने गरि कार्यविधि बनाईएको छ। भाडाबापत आएको आम्दानीको निश्चित प्रतिशत रकम सहकारीको कोषमा राख्नेगरि कार्यविधि बनाईएको कृषि शाखाका प्राविधिक प्रेमप्रकाश आरसिले बताए ।

७ हर्ज पावर क्षमता भएको हातेट्रयाक्टरमा कृषक समुहको २७ हजार ५ सय रुपैयाँ परेको छ । पेट्रोलबाट चल्ने सो ट्रयाक्टरले न्युनतम प्रतिघन्टा एक रोपनी र क्षमताका आधारमा त्यो भन्दा बढि जोत्न सक्ने कृषि प्राविधिक आरसिकाे भनाइ छ ।

हातेट्रयाक्टर पाएसँगै किसानहरु असाध्यै खुशी भएका छन् ।  जोत्नकै लागि गोरु पाल्न नपर्ने तथा थोरै समयमा धेरै काम गर्न सकिने भन्दै उनीहरु खुशी भएका हुन ।   ७० हजार रुपैयाँ पर्ने कोदो चुट्ने मेसिन बारपाक, सौरपानीको रन्चोक र स्वाँराका महिला समुहलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराईएको छ । यस क्षेत्रमा काेदाेकाे उत्पादन धेरै हुने गर्दछ ।

मेसिन दिनु अघि मेसिन सञ्चालनका लागि उपभाेक्ताहरुलाइ तालिम प्रदान गरिएकाे पालिकाले जनाएकाे छ ।

NO COMMENTS