काठमाडौं – गायक प्रमोद खरेल र गायिका मेलिना राईको स्वर रहेको गीत ‘सुनरीमै’ सार्वजनिक भएको छ । विश्व गौडेलको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा त्रिकोणत्मक प्रेमकथा बुनिएको छ । जसमा प्रिज्मा र प्रिन्सी खतिवडाको साथमा नाजिर हुसेनको समेत अभिनय देख्न सकिन्छ ।