काेराेना सङ्क्रमणका कारण सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत युवाकाे मृत्यु

शुक्रबार, असाेज ३०, २०७७
0
159

असाेज ३० पाेखरा । कोरोना संक्रमणबाट  गण्डकी प्रदेशमा एक सुरक्षाकर्मीको मृत्यु भएको छ । पोखरामा सशस्त्र प्रहरीमा कार्यरत २५ वर्षीय युवाको मृत्यु भएको हो ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्बर ९ का ती युवाको गएराति ११ः३० बजेतिर पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको गण्डकी स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ।

असोज २५ गते अस्पताल भर्ना भएका ती युवामा असोज २७ गते कोरोना पुष्टि भएको थियो। उनी सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत थिए। मृतक युवा प्रहरीमा कोरोनाबाहेक अन्य कुनै रोग नभएको अस्पतालले जनाएको छ।

कोरोनाबाट गण्डकीमा सुरक्षाकर्मीको मृत्यु भएको यो पहिलो घटना हो। उनको निधनसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले  बताएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here