Home Breaking News अदुअआमा गाेरखाका २२ उजूरी, एक स्थानीय तह विरुद्ध पनि उजूरी

अदुअआमा गाेरखाका २२ उजूरी, एक स्थानीय तह विरुद्ध पनि उजूरी

शनिबार, पुस ४, २०७७
0
264

पुस ४, गाेरखा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गोरखा जिल्लाबाट २२ वटा उजुरी परेको छ । चालु आर्थिक बर्षको साउन महिना यता बिभिन्न संघंसंस्थाहरुले आर्थिक अनियमिता गरेको लगायतका उजुरी परेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । परेका उजुरीहरु मध्ये सवैभन्दा व्यक्ति तथा परिवारका बिरुद्ध रहेको जनाइएको छ ।

जिल्लाको एक स्थानीय तहको सरकार बिरुद्ध पनि अख्तियारमा उजुरी परेको छ । अख्तियारमा परेका २२ उजुरी मध्ये १६ वटा उजुरी जिल्ला प्रशासन कार्यालयमा नै परेको हो । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ४ वटा उजुरी फैसलाका लागि जिल्ला पठाइएको छ । अन्य २ दुई वटा उजुरी हेलो सरकार र ट्रान्सफरेन्सी इन्टरनेसनल मार्फत परेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ

NO COMMENTS