Home भिडियो मेलिना र पुष्पराजको ‘सयौं जन्म भएपनि’ सार्वजनिक

मेलिना र पुष्पराजको ‘सयौं जन्म भएपनि’ सार्वजनिक

आइतवार, पुस ५, २०७७
0
245

काठमाडौं । गायिका मेलिना राई र गायक पुष्पराज बरालको स्वर रहेको गीत ‘सयौं जन्म भएपनि’ को भिडियो सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच कलाकर्मी र पत्रकारको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो ।

लोकशैलीमा तयार गीतमा शब्द तथा संगीत पुष्पराज बरालकै रहेको छ । गीतको भिडियो क्यानडामा छायाँकन भएको छ । जसमा भिपिन र पन्च शेर्मा लिम्बुको अभिनय देख्न सकिन्छ ।  ईश्वर थापाको छायाँकन, सम्पादन तथा निर्देशन रहेको भिडियोमा प्रेमकथा बनेको छ । गीतलाई सेवारो युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

कार्यक्रममा फिल्म ‘एउटा फूल’ निर्माण घोषणा समेत गरिएको छ । अशोक क्षेत्रीको निर्देशन रहने फिल्म समसामयिक विषयमा निर्माण हुन लागेको हो । फिल्ममा अहिले चलेका कलाकार तथा गायक गायिकाको अभिनय रहने सोही अवसरमा जानकारी दिइएको थियो ।

NO COMMENTS