पुस ६, गाेरखा । गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद हरिराज अधिकारीले प्रधानमन्त्री संबिधान माथि नै ‘कु’ गरेकाे बताएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गरेपछि उनले यस्ताे बताएका हुन ।
उनले प्रधानमन्त्री ओलीले राजनीतिक हिसाव नैतिक हिसावले अत्यन्तै घोर प्रतिगामी काम गरेको समेत प्रतिक्रिया दिए। ‘राजनीति र नैतिक हिसावले यो अत्यन्तै घोर प्रतिगामी काम हो, सांसद अधिकारीले भने, उनले किन यस्तो कदम चाले भित्रको समस्या बाहिरको समस्या भन्ने पनि चर्चा आको छ, पार्टी भित्र भएका कुराहरु सहायक कुरा हुन् ।’
सांसद अधिकारीले प्रधानमन्त्री लामोसमय सम्म नै जाने गरि प्रतिगमनको नेतृत्व गर्ने गरि कदम चालेको हुनसक्ने बताए । प्रधानमन्त्रीले प्रतिगमनको नेतृत्व गर्ने गरि काम गर्दा सबै भन्दा धेरै राजनीतिक बिचलन उनकै हुने सांसद अधिकारीले दावी गरेका छन् ।
प्रधानमन्त्रीले आफ्नो राजनीतिक भविस्य किन यति धेरै अन्यौल बनाउनुभयो भन्नेमा आफुलाई अचम्म लागेको बताए । सांसद अधिकारीले संबैधानिक राष्ट्रपतिले समेत सुझबुझ पूर्ण निर्णय लिन नसकेको र ‘अब अदालत बाँकी छ, अब अदालतले संबैधानिक हिसाबले भन्न सक्ने कुरा त केही पनि छैन, उनले भने, ‘देशी बिदेशी प्रतिगामीबाट अरु थप षडयन्त्र केही छ भने त्यो हेर्न बाँकी छ ।’
सम्मानित अदातलको निर्णय सवैले कुर्नुपर्ने अधिकारीले बताए । सांसद अधिकारीले प्रधानमन्त्रीले पार्टी भित्रको बिबादका कारण संसद बिघटन गरेको भन्नु कम्युनिष्ट पार्टीलाई नबुझ्नु गलत भएकाे बताए । ‘पार्टीले प्रधानमन्त्री बनाएको हो, पार्टीले नै भोट मागेको हो, पार्टीकै एजेण्डामा सरकार बनेको हो, सांसद अधिकारीले भने, ‘यो सिस्टममा पार्टी भन्दा बाहिर कोही कसैले केही थ्यो भनेर भन्नु त कि त्यो अज्ञानता हो कि त्यो मुर्खता हो, कि त्यो षडयन्त्र हो ।’






