Home Breaking News एक करोड ६२ लाख रुपैयाका लागतमा गोरक्षनाथ मन्दिर निर्माण गरिने

एक करोड ६२ लाख रुपैयाका लागतमा गोरक्षनाथ मन्दिर निर्माण गरिने

बिहिबार, चैत्र १२, २०७७
0
334

गोरखा , चैत । गोरखामा करिब १ करोड ६२ लाख रुपैयाका लागतमा गोरक्षनाथ मन्दिर निर्माण गरिने भएको छ । गोरक्षनाथ आश्रम राजबिद्या शक्ति केन्द्र पिठले गोरखा नगरपालिका–९ आहाले डाँडामा मन्दिर निर्माण गर्न लागेको हो । गोरखनाथ आश्रम व्यवस्थापन समितिका अध्यक्ष होमसिंह बस्न्यातले आज सदरमुकाममा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि यहीँ चैत १५ गते गुरु पूर्णिमाको दिन मन्दिरको शिलन्यास गर्न लागिएको जानकारी दिए ।

‘तान्त्रिक बिधि अनुसार बिहान १० बजेर ३५ मिनेटको समयको शुभसाईतमा शिलन्यास गर्ने कार्यक्रम छ, उनले भने, ‘ उक्त साईतमा मन्दिरको शिलन्यास गर्दा राजयोग शक्ति प्राप्त हुने भएकाले साइत जुराएर मन्दिर शिलन्यास गर्न लागिएको हो ।’ निर्माण गर्न लागिएको मन्दिर परिषरको क्षेत्रफल ५१४ रोपनी हुने अध्यक्ष बस्नेतले बताउनुभयो । ‘मन्दिर निर्माण गर्न लागिएको जग्गा पहिले गुरु गोरखनाथकै भएपनि पछि बनले सरकारीकरण गरेको र अहिले बनसंग अनुमति लिएर धार्मिक क्षेत्रको रुपमा बिकास गर्न लागिएको हो, उनले भने, ‘बनसंरचनामा क्षति नपुग्ने गरि गोरक्षनाथ आश्रम राजबिद्या शक्ति केन्द्र पिठ निर्माण गर्न गरिनेछ ।’

सो क्षेत्रमा अहिले गण्डकी प्रदेश सरकारको ५ लाख रुपैया आर्थिक सहयोगमा हवनकुण्ड निर्माण भईसकेको अध्यक्ष बस्न्यातले जानकारी दिए। आश्रममा योगशाला, गौशाला, प्रवचनकक्ष, ध्यानकेन्द्र लगायत निर्माण गर्ने योजनामा समिति रहेको उहाँले बताउनुभयो । ‘त्यसका लागि करिब ६ करोड रुपैया लाग्ने अनुमान गरिएको छ, अध्यक्ष बस्न्यातले भन्नुभयो, ‘दाताहरुको सहयोगमा आफुहरुको योजना सफल हुन्छ भन्ने बिश्वास छ ।’

मन्दिर निर्माणका लागि तत्कालका लागि गत २०७५ सालमा लगाइएको सप्ताहमा प्रतिबद्धता गरेको १५ लाख रुपैयाबाट काम थाल्ने उनकाे भनाई छ ।

NO COMMENTS