Home Breaking News पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइद्वार उपचारका लागि विदेश जान अस्वीकार, सरकारी अस्पतालमा...

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइद्वार उपचारका लागि विदेश जान अस्वीकार, सरकारी अस्पतालमा भर्ना, आज शल्यक्रिया हुने

शुक्रबार, बैशाख १७, २०७८
0
299
 काठमाण्डाै । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइलाइ उनकाे परिवारले उपचारका लागि विदेश जान गरेकाे आग्रहलाइ अस्वीकार गर्दै नेपालकै सरकारी अस्पताल वीर अस्तपालमा भर्ना भएका छन् ।
पेटको न्युरो-इन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि उनी अस्पताल भर्ना भएका हुन् । सर्वसाधरण नागरिकहरुले जहाँ उपचार गराउँछन् मेराे उपचार पनि त्यहाँ गराउँछु भन्दै उनले विदेश जान अस्वीकार गरेका हुन् ।
गाेरखाकाे पालुङ्टार १ खाेप्लाङ घर भएका भट्टराइ नेकपा माओवादी पार्टीबाट अर्थमन्त्री हुँदै प्रधानमन्त्री भएका थिए ।  भट्टराइ हाल जनता समाज पार्टिका नेता हुन् ।
डाक्टर भट्टराइ प्रति उनका परिवार, शुभचिन्तक, जिल्लावासी, देशवासी सबैले  स्वास्थ्य लाभकाे कामना गरेका छन् ।

NO COMMENTS