गाेरखा । गाेरखा स्थित उद्याेग वाणिज्य सँघकाे भवनमा ३० शैयाकाे आइसाेसेशन कक्ष तयार भएकाे छ । शनिवार प्रमुख जिल्ला अधिकारी सहितकाे टाेलीले निरीक्षण गरेकाे छ ।
जिल्लामा यस अघिका आइसाेलेशनमा भएका सामग्री, विभिन्न सँघ सँस्थाहरुकाे सहयाेग र गाेरखा नगरपालिका विपद व्यवस्थापन काेषबाट केही खर्च गरी आइसालेन तयार भएकाे नगरपालिकाले जनाएकाे छ ।
गाेरखा अस्पतालमा रहेकाे आइसाेलेनमा विरामी नअटाएकाे अवस्थामा यहाँ रहकाे आइसाेलेनलाइ प्रयाेगमा ल्याउने गरी तयारी अवस्थामा राखिएकाे गाेरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।