Home Breaking News पालुङटार नगरपालिकाले ल्यायाे उत्कृष्ट कार्यक्रम

पालुङटार नगरपालिकाले ल्यायाे उत्कृष्ट कार्यक्रम

बिहिबार, असार १०, २०७८
0
343

पालुङटार,गाेरखा । जिल्लाकाे पालुङटार नगरपालिकाले अन्य पालिकाहरुकाे तुलनामा उत्कृष्ट कार्यक्रम ल्याएकाे छ । आज भैरहेकाे नीति, कार्यक्रम तथा बजेटले उक्त कुराकाे पूष्टी गरेकाे हाे । जिल्लाका ११ पालिका मध्ये २ वटा पालिकाले कार्यक्रम स्वीकृत गरिसकेका छन् । आज पालुङटार सहित सात पालिकाकाे कार्यक्रम चलिरहेकाे छ । आरुघाट र चुमनुब्री गाउँपालिकाकाे भने स्वास्थ्य र प्रकाेपका कारण केही दिन पछि कार्यक्रम आउने भएकाे छ ।

पालुङटार नगरपालिकामा यतिबेला नीति,कार्यक्रम तथा बजेट घाेषणा भइरहँदा विद्यालय जाने बालबालिकाहरुकाे जीवन विमा , अक्षर चिनाैँ पालिकासँग कार्यक्रमहरु अगाडि आएका हुन् । बालबालिकाहरुले पालुङटार नगरपालिका लेख्न नसक्दा सम्म बर्सेनी कलम र कापि पालिकाले दिने गरी निति ल्याएकाे हाे । यसले राज्य बालबालिका सम्म पुगेकाे जानकारहरु बताउँछन् । बालबालिकाहरुका लागि गरिएकाे लगानी उत्कृष्ट रहेकाे उनीहरुले बताएका हुन् ।

समुदायमा गएर बालबाालिकाहरु र अभिभावकहरुलाइ कानुनी शिक्षा दिने समेत कार्यक्रममा उल्लेख छ । ८४ कराेड ५१ लाखका बजेटमा अन्य विकास निर्माणका कार्यक्रमहरु समेटिएका छन् ।

NO COMMENTS