Home Breaking News नेकपा माओवादी केन्द्र गाेरखा धार्चे काठमाण्डाै सम्पर्क मञ्चमा इमानसिँ गुरुङ

नेकपा माओवादी केन्द्र गाेरखा धार्चे काठमाण्डाै सम्पर्क मञ्चमा इमानसिँ गुरुङ

शनिबार, भदौ १२, २०७८
0
600

काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गाेरखा धार्चे काठमाण्डाै सम्पर्क मञ्चकाे अध्यक्षमा इमानसिँह गुरुङ चयन भएका छन् । सगुन पार्टी प्यालेस नयाँ बजार काठमाण्डाैमा आज भएकाे भेलाले मञ्चकाे गठन गरेकाे हाे । भेलालाइ माओवादी केन्द्रका साँसद चुडामणी खड्काले सम्बाेधन गरेका थिए । भेलालाइ सम्बाेधन गर्दै माओवादी केन्द्र केन्द्र नै नेपालकाे राजनैतिक निर्णायक शक्ति र जनताकाे पार्टि रहेकाे बताएका थिए ।

सचिवमा धन बहादुर गुरुङ  (सिङ्ला) सदस्यहरुमा नले बहादुर गुरुङ (लाप्राक) याम बहादुर गुरुङ, धना गुरुङ , सुरमान गुरुङ, श्रीलाल गुरुङ (लाप्राक), डिलमाया गुरुङ,गम  बहादुर गुरुङ (लप्सिबाेट), छल्कन्या गुरुङ,मान बहादुर गुरुङ (सिङ्ला) , विष्णु गुरुङ (गुम्दा), इन्द्र गुरुङ (लापु), धन बहादुर गुरुङ (उहिया),  मिलन गुरुङ, भिमा गुरुङ (काशिगाउँ), किशाेर गुरुङ (रुन्चेत) रहेका छन् ।

कार्यक्रममा बक्ताहरुले स्थानीय तह निर्माण पछि धार्चेका जनताकाे जीवन स्तरमा सुधार हुन नसकेकाे,जनताले पाउनुपर्ने आधारभूत आवश्यकताहरु समेत स्थानीय तहबाट प्रदान हुन नसकेकाे भन्दै दुख व्यक्त गरेका थिए । निर्वाचित जनप्रतिनिधिका कारण पालिकामा आएकाे बजेट खर्च नभइ फ्रिज हुने गरेकाे र अधिकाँश वीलभर्पाइ नक्कली बनाउने गरेका कारण धार्चे जिल्लामै बदनाम हुन पुगेकाे भन्दै आगामी निर्वाचन माओवादी केन्द्रले जित्नुकाे विकल्प नरहेकाे बताएका थिए  ।

माओवादी केन्द्रका धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङकाे अध्यक्षतामा भएकाेक कार्यक्रममा पूर्व मन्त्री छम बहादुर गुरुङ, चुमनुब्री गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङ, चुमनुब्री गाउँपालिका पार्टि इन्चार्ज निमा लामा लगायतले मन्तव्य राखेका थिए ।

NO COMMENTS