Home राजनीति एन्जेला मर्केलको सत्तारुढ क्रिश्चियन डेमोक्रयाटिक युनिय (सीडीयु) १६ वर्षपछि पहिलो पटक पराजित

एन्जेला मर्केलको सत्तारुढ क्रिश्चियन डेमोक्रयाटिक युनिय (सीडीयु) १६ वर्षपछि पहिलो पटक पराजित

सोमवार, असाेज ११, २०७८
0
162

जर्मन । जर्मनमा आईतबार सम्पन्न आमनिर्वाचनमा त्यहाँको प्रमुख विपक्षी दल सोसल डेमोक्रयाटिक पार्टी (एसपीडी) विजयउन्मुख अवस्थामा आएको छ ।

एन्जेला मर्केलको सत्तारुढ क्रिश्चियन डेमोक्रयाटिक युनिय (सीडीयु) १६ वर्षपछि पहिलो पटक पराजित भएको छ। संसदको सात सय ३० सिटका लागि भएको निर्वाचनको अन्तिम परिणाम भने सार्वजनिक भइसकेको छैन्।

पछिल्लो मतगणनामा एसपीडीले दुई सय पाँच, सीडीयुले एक सय ९४, ग्रीन पार्टीले एक सय १६ र एफडीपीले ९१ सिट ल्याएको छ । तर, एसपीडीले सरकार गठनका लागि प्रष्ट ‘म्यान्डेट’ प्राप्त गरेको दाबी गरेको छ । सत्तारुढ सीडीयुले पनि सरकार गठनको दाबी गरेको छ।

कुनै पनि दलले प्रष्ट बहुमत ल्याउने नदेखिएकोले तीन ठूला पार्टीको नेतृत्वमा गठबन्धन सरकार बन्ने सम्भावना देखिएको छ। ‘सर्वेक्षण हामी अगाडि देखिएका छौ। हाम्रो विजय निश्चित छ,’ सोसल डेमोक्रयाटिकबाट चान्सलरका उम्मेदवार ओलाफ सोल्जले भने।

लगातार १६ वर्ष जर्मनीको सत्तामा रहेकी मर्केलले आफू पुनः चान्सलरका लागि प्रतिष्प्रर्धा नगर्ने घोषणा गरिसकेको बिबिसीले जनाएको छ ।

 

NO COMMENTS