Home Breaking News गाेरखाका शिक्षकहरु शिक्षणकाे काम छाडेर काँग्रेस राजनीतिमा सक्रिय

गाेरखाका शिक्षकहरु शिक्षणकाे काम छाडेर काँग्रेस राजनीतिमा सक्रिय

बुधबार, असाेज १३, २०७८
0
265

गाेरखा । नेपाल शिक्षक सँघसँग आवद्ध शिक्षकहरु यतिबेला शिक्षणकाे काम छाडेर नेपाली काँग्रेसकाे राजनीतिमा सक्रिए  भएका छन् । विद्यालयहरु खुलेपछि काँग्रेस निकटका शिक्षकहरुलाइ विद्यालय जान परेकाे छैन । उनीहरु पार्टीकाे भत्ता लिएर निर्वाचन गराउँदै हिँडेका हुन् । काँग्रेस नेताहरुले विद्यालयका प्रधानाध्यापकलाइ फाेन गरेर काँग्रेस  पार्टीकाे कार्यक्रम आएका शिक्षकहरुकाे कुनै पनि सुविधा कटाैति नगर्न निर्देशन समेत दिएका छन् । गएकाे भदाै २७ गतेदेखि काँग्रेसकाे महाधिवेशनका गतिविधिहरु चलिरहेका छन् । काँग्रेस पार्टीका लागि जिल्ला निर्वाचन अधिकृत देब बहादुर महतले पार्टीमा अन्य माेर्चामा दक्ष जनशक्ति नपाउँदा शिक्षकहरुलाइ काममा लगाउनु परेकाे बताएका छन् ।

काँग्रेस पार्टी निकट शिक्षकहरुले नेतृत्व गरेका विद्यालयकाे कमजाेर शैक्षिक नतिजाका कारण जिल्ला कै शैक्षिक गुणस्तरमा कम अङ्क आइरहेका समय अझै विद्यालय छाडेर पार्टीकाे चुनाव गराउँदै हिँड्दा यसले जिल्लामा अझै नकरात्मक असर पार्ने  साे पार्टी निकटका एक शिक्षकले बताए । पार्टीले दिने भत्ताकाे लाेभमा विद्यालयका प्रधानाध्यापक सहितका जिम्मेवार शिक्षकहरुले विद्यालय छाडेर जानु राम्राे नभएकाे उनले बताए ।

यतिबेला  नेपाली काँग्रेसकाे १४ औँ महाधिवेशन चलिरहेकाे छ । जिल्लाका चारवटा प्रदेश निर्वाचन क्षेत्रमा नेतृत्व छनाैट भएका छन् ।   निर्वाचन क्षेत्र नम्बर १ ‘क’ २ को ‘क’ र ‘ख’ मा मतदान मार्फत र १ को ‘ख’ मा सर्वसम्मत नेतृत्व चयन भएको नेपाली काँग्रेस गाेरखाले जनाएकाे छ ।

कांग्रेसको गोरखा क्षेत्र नम्बर १ ‘ख’ को सभापति पदमा ठाकुर भट्ट निर्विरोध चयन भएका हुन् । मंगलवार आरुघाटमा भएको अधिवेशनबाट भट्ट सर्वसम्मत सभापति पदमा चयन भएका हुन ।

उप सभापतिमा बलराम ढकाल र मणिलाल गुरुङ, सचिवमा यमलाल लामिछाने, ऋषिराम लामिछाने चयन भएका छन । सह सचिवमा विश्वनाथ अधिकारी र समिर ढकाल चयन भएका छन् ।

क्षेत्र नम्बर १ प्रदेश ‘क’ मा खुनप्रसाद रेग्मी बिजयी भएका छन् । उनले दुई सय पाँच मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी उत्तम अधिकारीले एक सय ८९ मत प्राप्त गरे भने अर्का प्रतिष्पर्धी काजिराम अधिकारीले मत प्राप्त गरे । उप सभापतिमा अर्जुन भट्टराई कृष्ण प्रसाद रेग्मी निर्विरोध चयन भए भने सचिवमा कृष्ण पन्त र भरतप्रसाद रेग्मी चयन भए । सह सचिवमा गोबिन्द बास्कोटा र सुवास थापा चयन भए ।

क्षेत्र नम्बर २ प्रदेश ‘क’ को सभापतिमा दिर्घमान गुरुङ  बिजयी भएका छन् । उनले एक सय ७९ मत प्राप्त गरेका छन् ।   प्रतिद्धन्द्धी भानुभक्त थापाले १०४ मत पाएका थिए । उप सभापति पदमा एक सय ९० मत प्राप्त गरेर कमलादेवी देबकोटा र एक सय ७७ मतका साथ केदारनाथ देबकोटा निर्वाचित भए । सचिव पदमा  दुई सय २४ मत पाएर सुरज श्रेष्ठ र एक सय ७९ मतले प्रसान्त देबकोटा बिजयी बने ।

सह सचिव पदमा एक सय ६७ मत पाएर सुजना पन्त र एक सय ३६ मतले किरण आले बिजयी बने । यस्तै क्षेत्र नम्बर २ ‘ख’मा दिनेश खनखवास बिजयी भएका छन् ।

 

NO COMMENTS