गाेरखा । नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र-१ को नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधिमा (पुरुष खुल्ला-१० तर्फ) लाेकप्रिय मत सहित नन्द प्रसाद न्याैपाने सहित १० जना विजयि भएका छन् । न्याैपानेले खसेकाे कुल मतकाे ७८ प्रतिशत मत प्राप्त गरेका हुन् ।
१० जना कसले कति मत ल्याए हेर्नुहाेस् ।
(१)नन्द प्रसाद न्यौपाने-८८०
(२)राजेन्द्र बजगाई-७४२
(३) धिरन थापा-७१९
(४) देबेन्द्र वाग्ले-६७१
(५)राजराज पन्त-६२३
(६) प्रेम कुमार खत्री-५८५
(७) पुर्ण बहादुर दाहाल-५४७
(८)किरण बाबु श्रेष्ठ-५२६
(९) इश्वर पाण्डे-४७२
(१०)चेत बहादुर अधिकारी-४१३
जिल्ला सभापतिका लागि उम्मेदवार हुन महाधिवेशन प्रतिनिधि हुनु अनिवार्य छ । न्याैपाने आगामी कार्यकालका लागि नेपाली काँग्रेस गाेरखाका लागि समापति हुने तयारीमा जुटेकाे काँग्रेस स्राेतले जानकारी दिएकाे छ ।
पूर्व मन्त्री चिरञ्जिवि वाग्लेका छाेरा देवेन्द्र वाग्ले पनि यस पटक महाधिवेशन प्रतिनिधि भएका छन् । उनले ६७१ मत पाएका छन् ।
गाेरखा निर्वाचन क्षेत्र नं १ मा १० महाधिबेसन प्रतिनिधिका लागि २२ जनाले प्रतिस्पर्धामा गरेका थिए । गोरखा नगरपालिकाको वडा नम्वर १ देखि ७ , शहिद लखन, गण्डकी, चुमनुब्री, धार्चे, भिमसेन थापा र आरुघाट गाऊँपालिका समेटिएको क्षेत्र नम्वर १ मा १ हजार ४२ मतदाता रहेकोमा एक हजार २७ मत खसेको थियो ।