गाेरखा । चारतारे झण्डा भएकाे पार्टी (नेपाली काँग्रेस) काे जिल्ला अधिवेशनमा आज मनाेनयनकाे कार्यक्रम रहेकाे निर्वाचन अधिकारी देव बहादुर महतले बताए ।
पार्टीमा सभापति पद लगायत सबै पदमा सर्वसम्मत हुने सम्भावना रहेकाे काँग्रेसका एक नेताले जानकारी दिएका छन् । सबै पक्षलाइ मिलाएर समिति निर्माण गर्न लागिएकाे छ । गाउँ. प्रदेश र महाधिवेशन प्रतिनिधिमा जसरी निर्वाचन हुने सम्भावना कम रहेकाे छ ।
पदका आकाँक्षिहरु धेरै भएका कारण पार्टी नेतृत्व बसेर मिलाउने प्रयास भइरहेकाे उनले बताए ।
काँग्रेसमा शेर बहादुर देउवा र रामचन्द्र पाैडेल पक्षधर नेता तथा कार्यकर्ताहरु रहेका छन् । देउवा पक्षधरका धेरै जना र पाैडेल पक्षधरका थाेरैले नेतृत्वका अवसर पाएका छन् । अहिले सम्म सभापति पदका लागि पार्टीका सचिव र हालै निर्वाचित महाधिवेशन प्रतिनिधि नन्द प्रसाद न्याैपानेसँग प्रतिष्पर्धा गर्छाैँ भन्ने काेही पनि सार्वजनिक भएका छैनन् ।
मनाेनयन नहुदा सम्म काे के मा उठ्छ भन्ने एकीन छैन । काँग्रेसकाे पुरानाे विरासतलाइ ताेड्न पार्टीमा युवाहरुलाइ नेतृत्व दिनुपर्ने दवाव तलदेखि नै परेकाे छ । फरक विचार राख्ने पार्टीलाइ सराप दिएकै आधारमा यस अघि काँग्रेसमा नेता हुने प्रचलन रहेपनि पछिल्लाे समय अरुलाइ खसालेर नेता बन्न खाेज्नेहरु निर्वाचनबाटै पराजित भएका छन् ।
चुनावी मैदानमा माअाेवादीसँग प्रतिष्पर्धा गर्नुपर्ने भएकाले माअाेवादी प्रति नै नकरात्मक धारणा राख्नेहरुकाे विजयी हुने सम्भावना कमजाेर देखिन्छ । गाउँदेखि महाधिवेशन निर्वाचन सम्म हेर्दा सेवाकाे भावना बाेकेका काँग्रेस