Home Breaking News नेपाली काँग्रेस जिल्ला कार्यसमितिका लागि भएकाे निर्वाचनमा एक हजार ५१९ मत खस्याे,...

नेपाली काँग्रेस जिल्ला कार्यसमितिका लागि भएकाे निर्वाचनमा एक हजार ५१९ मत खस्याे, काे काे हुन्छन विजयी ?

बुधबार, असाेज २०, २०७८
0
384

गाेरखा । नेपाली काँग्रेस गाेरखा जिल्ला कार्य समितिका लागि भएकाे निर्वाचनमा एक हजार ५१९ मत खसेकाे निर्वाचन समितिका अध्यक्ष शिव बहादुर थापाले बताए ।

उपसभापति,सचिव, सहसचिव र सदस्यहरुकाे पदका लागि निर्वाचन भएकाे हाे ।  सचिवमा पाँच जनाकाे उम्मेदवारी परेकाे थियाे ।

हेर्नुहाेस् पदाधिकारी पदका उम्मेदवारहरु

उप सभापति पदका लागि इमानसिँह बस्नेत,धिरन थापा, रविकला खनाल, सिपि पाेखरेल, हरि बहादुर गान्धारी रहेका छन् । सम्भावित विजयि उम्मेदवार धिरन थापा र रविकला खनाल रहेकाे मतदाताहरुकाे भनाइ छ ।

सचिवमा ओम बहादुर गुरुङ, किशाेरजँग थापा, कृष्ण बहादुर आले, तारानाथ पुडासैनी, रामप्रसाद भण्डारी रहेका छन् । यी पाँच मध्ये किशाेरजँग थापा र कृष्ण बहादुर आले विजयी हुने मतदाताहरुकाे भनाइ छ । कृष्ण बहादुर आलेकाे मत लाेकप्रिय रहने उनले समेत मतदाताहरुले अपेक्षा गरेका छन् ।

सह सचिव पदका लागि कमल प्रसाद अँगाइ, गँगा प्रसाद अधिकारी, दिपक हमाल, भेजराज पाण्डे,  मान प्रसाद धिताल ,रामशरण आचार्य, लुमनाथ लामिछाने, विश्व भट्ट रहेका छन् । आठ मध्य लुमनाथ लामिछाने विजयि हुने सम्भावना रहेकाे छ ।  बाँकी एक पदका लागि भने मत गणना पछि नै भन्न सकिने मतदाताहरु बताउँछन् । नेपाल शिक्षक सँघकाे जिल्ला अध्यक्ष भएर काम गरेका लामिछाने तान्द्राङ निवासी हुन् ।

गोरखामा १ हजार ७ सय ५२ क्षेत्रिय प्रतिनिधीले मतदानमा भाग लिन पाउने भएपनि मंगलबार भएकाे निर्वाचन प्रकृयामा १ हजार ५ सय १९ मात्रै भाेट खसेकाे समितीका शिव थापाले जानकारी दिएका छन् ।

NO COMMENTS