गाेरखा । राष्ट्रिय प्रजातन्त्र गाेरखाका अध्यक्षमा तनहुँका भगवानदास मल्ल सर्वसम्मत चयन भएका छन् । अध्यक्षका लागि सुदिप ढकाल, शँकरराज अधिकारी,भगवानदास मल्ल, अम्विका रुपाखेती,रामराज काेइरालाले मनाेनयन दर्ता गरेका थिए ।
अघिल्लाे हप्ता अध्यक्ष भएका सुदिप ढकाललाइ उपाध्यक्ष बनाउने सहमतिमा मल्ललाइ अध्यक्ष चयन गरिएकाे स्राेतले जानकारी दिएकाे छ । क्राउन प्लाजा हाेटेलमा भएकाे कार्यक्रममा केन्द्रिय सदस्यहरु माेहन कुमार श्रेष्ठ, हिकमतजँग भण्डारी, महेश्वर राेका, राजेन्द्र शाह, हरिराम आचार्यकाे उपस्थिति रहेकाे थियाे ।
केन्द्रीय परिवेक्षक राजेन्द्र अधिकारी र केदार फूयाँलले निर्वाचनमा सहजीकरण गरेका थिए । अध्यक्ष सहित ३२ जनाकाे जिल्ला कार्यसमिति चयन गरिएकाे र एक जना उपाध्यक्ष मनाेनित गरिने निर्वाचनमा सहभागि भएका ठाकुर लामिछानेले बताए ।