Home Breaking News काँग्रेसकाे गाेरखा जिल्ला महाधिवेशनकाे मतगणना सकियाे, सर्वाधिक मत ल्याएर थापा उपसभापतिमा विजयी

काँग्रेसकाे गाेरखा जिल्ला महाधिवेशनकाे मतगणना सकियाे, सर्वाधिक मत ल्याएर थापा उपसभापतिमा विजयी

बुधबार, असाेज २०, २०७८
0
375

उपसभापति धिरन थापा

गाेरखा । नेपाली काँग्रेसको १४ औं अधिबेशन अन्तर्गत गोरखा जिल्ला पार्टी सभापति बाहेकका पदाधिकारी निर्बाचनबाट चुनिएका छन् । उपसभापति सहितका पदाधिकारीहरुकाे लागि भएकाे निर्वाचनमा उपसभापतिमा धिरन थापाले १०३६ मत प्राप्त गरेका छन् ।

आज सम्पन्न भएको मतगणनामा जिल्ला पार्टी उपसभापति पदमा धिरन थापा र इमानसिंह बस्नेत बिजयी भएका छन्  । इमानसिँह बस्नेतले ५६३ मत प्राप्त गरेका छन् ।

उपसभापति पदमा रबिकला खनाल, सिपी पोखरेलले, हरिबहादुर गान्धारी प्रतिस्पर्धामा रहेका थिए  ।

सचिवमा पत्रकार विजयी

सचिव पदका लागि भएको निर्वाचनमा पत्रकार किशोरजंग थापा ६७३ मत ल्याएर बिजयी भएका छन् ।

अर्का सचिवमा कृष्णबहादुर आलेले ६९९ मत प्राप्त गरेर विजयी भए । उनी यस अघि जिल्लाका काेषाध्यक्ष रहेका थिए । थापा एकैपटक जिल्ला सचिवमा निर्वाचित भएका हुन् । यस अघि उनी पत्रकारितामा सक्रिय रहँदै आएका थिए । मूल धारकाे राजनीतिका लागि आफूले पत्रकार महासँघकाे सदस्यता त्यागेकाे थापाले बताए ।

सचिव पदका उमेद्धवार ओमबहादुर गुरुङ ४७१ मत, तारानाथ पुडासैनीले ३९२ र रामप्रसाद भण्डारीले ३१९ मत प्राप्त गरेका छन् ।

आजै सम्पन्न भएको सहसचिव पदमा लुमनाथ लामिछाने र गंगा प्रसाद अधिकार बिजयी भएको निर्वाचन अधिकृत देव बहादुर महतले जानकारी दिए । लामिछानेले ६९७ मत र अधिकारीले ३९३ मत ल्याएर जिल्ला पार्टी सहसचिवमा बिजयी भएका हुन् । मत गणना सकिएकाे छ ।

NO COMMENTS