Home Breaking News सुख्खा पहिराेका कारण सडक अवरुद्ध

सुख्खा पहिराेका कारण सडक अवरुद्ध

बिहिबार, असाेज २१, २०७८
0
331

फाइल तस्वीर

धादिङ, २१, असोज (रासस) : धादिङको गल्छी गाउँपालिका–७ गल्छीमा बुधवार रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी–७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए ।

यातायात अवरुद्ध हुँदा दशैंका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ ।यसैगरी नौबिसे–नागढुंगा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्घ भएको छ । सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो ।

NO COMMENTS