गाेरखा उद्याेग वाणिज्य सँघकाे १६ अाैँ अधिवेशनका लागि महासचिव पदका लागि रामहरी केसीले उम्मेदवारी दिएका छन् । सँघकाे सचिवमा काजीराम श्रेष्ठ, किरण ढकाल, कर्ण गुरुङ शँकर बहादुर कुँवर, प्रेमध्वज खड्का रहेका छन् । गाेरखामा विभिन्न व्यावसाय तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका युवाहरुकाे विजय हुँदा गाेरखा जिल्लाकाे उद्याेग व्यावसायमा राम्राे प्रभाव पर्ने व्यावसायिहरुले बताएका छन् । यस अघि गाेरखा उद्याेग वाणिज्यसँघमा व्यावसायिसँग चन्दा र कर असुल्ने बाहेकका अन्य कामहरु हुन सकेकाे बताइएकाे छ ।
सँघकाे आगामि कार्यकालका लागि भने अध्यक्षमा कृष्ण बहादुर श्रेष्ठ,बरिष्ठ उपाध्यक्षमा भगवानबाबु मास्के, उपाध्यक्षमा अस्मक बाबु श्रेष्ठ निर्विराेध निर्वाचित भएका छन् ।