Home Breaking News कृषि तथा व्यापार प्रबर्दन मेला २०७८ मा आज सिर्जु अधिकारी, करिष्मा ढकाल,...

कृषि तथा व्यापार प्रबर्दन मेला २०७८ मा आज सिर्जु अधिकारी, करिष्मा ढकाल, बबिता वानियाँ लगायत कलाकारकाे उपस्थिति रहने

शुक्रबार, पुस २३, २०७८
0
293

गाेरखा । पुस २० गते देखि चलिरहेकाे कृषि तथा व्यापार प्रबर्दन मेला २०७८ काे आज चाैँथाे दिन सिर्जु अधिकारी,करिष्मा ढकाल, कमल खत्री, बबिता बानिया जेरी, शाेभा त्रिपाठीकाे प्रस्तुती रहने भएकाे  छ ।

विहीबार  सुवाेध गाैतम, चेतन सापकाेटा, हेमन्त शर्माले दर्शकहरुलाइ छमछमी नचाएका थिए । काेराेना सङक्रमणका कारण लामाे समयदेखि जिल्ला भित्र मेला महाेत्सव नभइरहेका बेला गाेरखा चेम्बर अफ कमर्सकाे आयाेजनामा मेला लागि रहेकाे छ । एकै ठाउँमा भेला भएर राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुकाे प्रहसन हेर्ने र उनीहरुसँगै रमाउने अवसर गाेरखावासीले पाएका छन् ।

पुस २८ गते सम्म चल्ने मेलामा प्रत्येक दिन ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुकाे उपस्थित भइरहेकाे छ । मेला भर्नका लागि गाउँ गाउँबाट मानिसहरु मेला स्थलमा भेला हुने गरेका छन् । मेलामा विभिन्न प्रकारका घरायसी सामग्रीहरु खरिद गर्न, मेला भित्रै विभिन्न प्रकारका खानाका प्रकार र बाल मनाेरञ्जनका स्टलहरु समेत रहेका छन् ।

मेलामा आज धेरै दर्शकहरुकाे उपस्थित रहने अपेक्षा गरिएकाे मेला आयाेजकले जनाएकाे छ ।

NO COMMENTS