Home Breaking News पेट्रोलियम पदार्थको मूल्य बढ्याे, कुन तेलकाे कति बढ्याे हेर्नुहाेस्

पेट्रोलियम पदार्थको मूल्य बढ्याे, कुन तेलकाे कति बढ्याे हेर्नुहाेस्

मङ्लबार, माघ १८, २०७८
0
244

काठमाडौं, १८ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ ।

यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको जनाएको छ । ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।

यति हुँदा समेत प्रति महिना ४.५ अर्ब देखि ५ अर्ब ऋढ लिनु पर्ने बाध्यात्मक अवस्था बनेको निगमले जनाएको छ ।

NO COMMENTS