Home Breaking News बारपाक सुलिकाेटमा नेपाल बराम सँघकाे प्रथम गाउँ सम्मेलन सम्पन्न

बारपाक सुलिकाेटमा नेपाल बराम सँघकाे प्रथम गाउँ सम्मेलन सम्पन्न

बिहिबार, माघ २०, २०७८
0
223

गाेरखा । नेपाल बराम सँघकाे बारपाक सुलिकाेट गाउँपालिका स्तरीय समिति गठन भएकाे छ । बुधबार भएकाे सम्मेलनले  सञ्जीत बराम बरामकाे अध्यक्षतामा १७ सदस्यीय बारपाक सुलिकाेट गाउँपालिका समिति चयन गरेकाे हाे  । जसकाे उपाध्यक्षमा याम कुमारी बराम, कुमारी बराम, नर बहादुर बराम, सचिवमा विसमान बराम , सह सचिवमा सुमित बराम, सुकमान बराम,काेषाध्यक्ष लक्ष्मी बराम रहेका छन् ।

कार्यक्रममा बारपाक सुलिकाेट गाउँपालिका अध्यक्ष विष्णु भट्टकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । बराम समुदायकाे उत्थानका लागि पालिकाले सकेकाे सहयाेग गर्ने उनले बताए । कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण गुरुङ ,एमालेका हरीकुमार श्रेष्ठ ,नेपाली काँग्रेसका नरहरी शर्मा वाग्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

NO COMMENTS