Home Breaking News गाेरखा नगरपालिकाकाे नवाैँ नगरसभाद्वारा पाँच विद्येयक पारीत

गाेरखा नगरपालिकाकाे नवाैँ नगरसभाद्वारा पाँच विद्येयक पारीत

शनिबार, माघ २२, २०७८
0
160

गोरखा । गोरखा नगरपालिकाको आज सम्पन्न नवौ नगरसभाले विभिन्न ५ वटा विद्येयक पारित गरेको छ । नगरप्रमुख राजनराज पन्तले पेश गरेका नगरपालिकाको वन विद्येयक २०७८, गोरखा नगरपालिकाको कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको विद्येयक २०७८ नगरसभाले पारित गरेको हो ।

त्यस्तै गोरखा नगरपालिकाको प्रज्ञा प्रतिष्ठान बिद्येयक २०७८, गोरखा नगरपालिकाको बिकास प्राधिकरण बिद्येयक २०७८, गोरखा नगरपालिकाको सार्वजनिक निजि साझेदारी तथा लगानी बिद्येयक २०७८ पनि नगरसभाले पारित गरेको छ ।

शुक्रबार सम्पन्न नगरसभाले गोरखा नगरपालिकाको सहकारी ऐन २०७४, गोरखा नगरपालिकाको आर्थिक ऐन र बिनियोजन ऐन २०७८ लाई पहिलो पटक संसोधन गरेको छ ।

NO COMMENTS