Home Breaking News गण्डकीमा पालिका स्तरीय चाैकी उद्घाटन, ११ वटै पालिका केन्द्रमा स्थापना भयाे प्रहरी...

गण्डकीमा पालिका स्तरीय चाैकी उद्घाटन, ११ वटै पालिका केन्द्रमा स्थापना भयाे प्रहरी चाैकी

बुधबार, फाल्गुन ११, २०७८
0
171

भूम्लीचाेक प्रहरी चाैकी उद्घाटन कार्यक्रमकाे झलक

फागुन ११ , गाेरखा । जिल्लाकाे गण्डकी गाउँपालिका वडा नम्बर ६  भूम्लिचोकमा पालिका स्तरीय प्रहरी चौकी स्थापना भएको छ । चाैकीकाे आज पालिकामा आयाेजित कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चायले आज उद्घाटन गरेका छन्  । कार्यक्रममा  जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी शेखर खनालले प्रहरी चौकी स्थापनाका लागि निशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरु र आवश्यक समन्वय गर्नुहुने गाउँपालिका अध्यक्ष लगायतका नागरिकहरुलाइ धन्यवाद दिँदै शान्ति सुरक्षामा प्रहरीले नागरिकहरुले सहयाेग गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी आचार्यले प्रहरीहरुलाई प्रभाव, दबाब र रवाफमा नपरी कानून सम्मत ढंगले जनताको सेवामा समर्पित हुन आग्रह गरेका छन् । गाउँपालिका भित्रका अध्यक्ष,वडाअध्यक्ष र जनप्रतिनिधिहरुसंग आवश्यक समन्वय गरी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा गण्डकी गाउँपालिकाका होम बहादुर राना मगरले मुस्कान सहितको सेवा प्रवाह गर्दै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न अनुराेध गर्दै । चाैकी निर्माणका र प्रहरीका लागि आवश्यक सहयाेग गर्न पालिकाले निरन्तर सहयाेग गर्ने बताए ।

गण्डकीसँगै जिल्लाका ११ वटै पालिकामा प्रहरी चाैकी स्थापना भएकाे छ ।

NO COMMENTS