Home Breaking News नेपाली काँग्रेस पार्टी निकट मानव अधिकार तथा शान्ति समाजद्वारा याेग्य उम्मेदवार छनाेटका...

नेपाली काँग्रेस पार्टी निकट मानव अधिकार तथा शान्ति समाजद्वारा याेग्य उम्मेदवार छनाेटका लागि गाेरखाबाट दवाव थालनी

बिहिबार, चैत्र १७, २०७८
0
175

गोरखा । नेपाली काँग्रेसकाे विचार समर्थकहरुकाे मानव अधिकार सँस्था मानव अधिकार तथा शान्ति समाजले स्थानीय तहकाे निर्वाचनमा सक्षम र योग्य उम्मेदवार छनोट गर्न दवाव सृजना गर्न भन्दै गाेरखाबाट अभियानकाे थालनी गरेकाे छ । कस्ताे उम्मेदवार सक्षम र याेग्य हाे भन्ने खुलाइएकाे छैन ।

विहिबार गाेरखामा आयाेजित कार्यक्रमा गुणस्तरिय शिक्षा, स्वास्थ्य, शान्ति, समाजिक न्याय र वातावरण संरक्षणको एजेण्डालाई अघि बढाउनुपर्नेमा आफूहरुकाे जाेड रहेकाे कृष्ण पहाडिले बताए ।

अभियानमा पहाडीको नेतृत्वको केन्द्रिय टोलीको समेत सहभागिता रहेको बताइएको छ । अभियान अन्तरगत जनतालाई सक्षम नेता चुन्न समेत आग्रह गरिने बताइएको छ । टाेलीमा रहेका एक सदस्यका अनुसार समाजले भनेकाे याेग्य उम्मेदवार काँग्रेसले बनाएकाे उम्मेदवार हाे ।

 

NO COMMENTS