Home Breaking News लुथरन वल्ड रिलिफको आर्थिक सहयोगमा सहमति गैंडाकोटद्वारा गाेरखा र तनहुँमा कोभिड –...

लुथरन वल्ड रिलिफको आर्थिक सहयोगमा सहमति गैंडाकोटद्वारा गाेरखा र तनहुँमा कोभिड – १९ प्रतिकार्य सामग्री सहयोग

शुक्रबार, चैत्र १८, २०७८
0
197

गाेरखा । गोरखा र तनहुँ जिल्लामा गाउँपालिका तथा नगरपालिकाहरुले कोभिड १९ विरुद्ध सञ्चालन गरेको खोप प्रतिकार्य अभियान जारी छ । यस अवधिमा १२ वर्षदेखी माथिको जनसंख्यालाई खोप लगाउने कार्य सबै पालिकाहरुमा अन्तिम अवस्थामा पुग्न लागेकाे पालिकाहरुले जानकारी दिएका छन् ।

यसै सन्दर्भमा कोभिड १९ प्रतिकार्य खोप अभियानमा पालिका अन्तर्गत् स्वास्थ्य शाखा तथा सो अन्तर्गत स्थ्यकर्मीहरुका लागि लुथरन वल्ड रिलिफको आर्थिक सहयोगमा सहमति गैंडाकोटले विभिन्न क्षमता विकाससम्बन्धी कार्यक्रम, छुटेका जनसंख्यालाई खोज्ने, समेट्ने र खोप लगाउने अभियानमुलक कार्यहरुमा सहयोग गरेकाे छ ।

स्वास्थ्य शाखाहरुको क्षमता विकासका सन्दर्भमा कोभिड १९ खोप तथा अन्य खोप भण्डारणका लागि अत्यावश्यक आई.एल.आर. रेफ्रिजेरेटर, खोप ओसारपसारमा आवश्यक पर्ने भ्याक्सिन क्यारियर एवं स्वास्थ्य चौकी तथा सार्वजनिक स्कुलहरुलाई हस्तान्तरण गर्ने गरी स्वास्थ्य सुरक्षा सामाग्रीसहितको हेल्थ सेफ्टी बक्स् प्रदान गरिएको सहमतिका परियोजना संयोजक शिव सुवेदीले बताए ।

जस अन्तर्गत पालुंगटार नगरपालिका स्वास्थ्य शाखा गोरखालाई आई.एल.आर.रेफ्रिजरेटर र ४ थान भ्याक्सिन क्यारियर, गोरखा नगरपालिकालाई, २० थान भ्याक्सिन क्यारियर र ३५ थान हेल्थ सेफ्टी बक्स, सिरानचोक गाउँपालिकालाई १२ थान भ्यासिन क्यारियर र २५ थान हेल्थ सेफ्टी बक्स, शहिदलखन गाउँपालिकालाई २ थान भ्याक्सिन क्यारियर तथा अजिरकोट गाउँपालिकालाई २ थान भ्याक्सिन क्यारियर र ३० थान हेल्थ सेफ्टी बक्स, तनहुँमा आँबुखैरेनी गाउँपालिकालाई ८ वटा भ्याक्सिन क्यारियर र हेल्थ सेफ् बक्स २५ थान, बन्दीपुर गाउँपालिका लाई आई.एल.आर. रेफ्रिजरेटर १ थान, भ्याक्सिन क्यारियर ६ थान, रिसिंग गाउँपालिकालाई २ थान भ्याक्सिन क्यारियर देवघाट गाउँपालिकालाई आई.एल.आर. रेफ्रिजरेटर १ थान, नवलपरासी जिल्लाका बुलिंगटार, बौदीकाली र सुस्ता गाउँपालिकामा भ्याक्सिन क्यारियर ८ थान गरी २० लाख बराबरको कोभिड १९ प्रतिकार्य सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ ।

पालुङटार नगरपालिका स्थित स्वास्थ्य चाैकीलाइ प्रदान गरिएकाे रेफ्रिजेरेटर ।

यसैगरी गोरखाका ५ वटा पालिका पालुङटार नगरपालिका, गोरखा नगरपालिका, शहिदलखन गाउँपालिका, सिरानचोक र अजिरकोट तथा तनहुँका ४ वटा गाउँपालिकाहरुमा स्वास्थ्यकर्मीहरुको क्षमता विकास र खोप अभियानलाई सहयोग पुग्ने गरी स्वास्थ्य चौकी प्रमुखलाई प्रशिक्षक प्रशिक्षण तालिम, महिला स्वास्थ्य स्वयंसेविकालाई क्षमता विकास तालिम, कोभिड १९ बाट अति प्रभावित परिवारका लागि मनोसामाजिक सहयोग, खोप लगाउन छुटेका जनसंख्यालाई खोज र खोप अभियानमा सहयोग, खोप शिवर लगायतका विभिन्न कार्यक्रम गरेकाे सुवेदीले बताए ।

सँस्थाले १५० लिटर क्षमताका भ्याक्सिन भण्डारण गर्ने रेफ्रिजेरेटर, ६४ वटा भ्याक्सिन क्यारियर १३० वटा हेल्थ सेफ्टी बक्स  गरी कूल २० लाख रुपैयाँ मूल्य बराबरकाे सहयाेग गरेकाे हाे ।

 

NO COMMENTS