Home Breaking News हिमालकाे फेदमुनि २०० भन्दा धेरै जना आँखा विरामीकाे परीक्षण, ४६ जनाकाे अप्रेशन

हिमालकाे फेदमुनि २०० भन्दा धेरै जना आँखा विरामीकाे परीक्षण, ४६ जनाकाे अप्रेशन

बुधबार, चैत्र २३, २०७८
0
226

आँखाकाे माेतिया विन्दु शल्यक्रियापछि अजिरकाेट लगायत आसपास क्षेत्रका नागरिकहरु । तस्वीर धन बहादुर गुरुङ

अजिरकाेट, गाेरखा । हिमालकाे फेदमुनि रहेकाे  जिल्लाकाे अजिरकाेट गाउँपालिका स्थित अजिरकाेट आँखा उपचार केन्द्र निशुल्क आँखा उपचार शिविर भइरहेकाे छ । मँगलबारदेखि शुरु भएकाे  निशुल्क आँखा शिविरमा ४६ जनाको आँखाको शल्यक्रिया भएकाे छ । २२ जना पुरुष र २४ जना महिला रहेका छन् ।

अजिरकोट गाँउपालिका वडा नम्बर ३ र भच्चेक तमु सेवा समाजको मुख्य आयोजना नेपाल आँखा अस्पताल काठमाण्डौँको सहयोग, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँको प्राबिधिक सहयोग, मुटु फाउन्डेसन नेपाल र मनोज एसोसिएसन फ्रान्सको प्रायोजनमा शिविर भएको हो । शिविर बिहिवार चैत्र २४ गते सम्म चल्ने द मनोज एसोसिएसनका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।

बरिष्ठ नेत्ररोग बिशेषज्ञ डाक्टर कमल बहादुर खड्काको समुहले आँखाको शल्यक्रिया गरिरहेकाे छ । शिविरमा गाेरखा र लमजुङका आँखा विरामीहरुले उपचार गराएका छन् । उपचार पछि आवश्यक सामग्रीहरु समेत प्रदान गरिएकाे थियाे । गाउँमा नै विषेशज्ञ सेवा पाएपछि हिमाली क्षेत्रका नागरिकहरु खुशी भएका छन् । शिविरमा दुइ भन्दा धेरै नागरिकहरुले परीक्षण गराएका छन् । यस अघि शल्यक्रिया गर्नुपर्ने अवस्थाका विरामीहरुकाे छनाैट गरिएकाे द मनाेज एसाेसिएसनका अध्यक्षा गुरुङले बताए । एसाेसिएसनले गाेरखामा स्वास्थ्य क्षेत्रमा विगत लामाे समयदेखि विकट क्षेत्रका नागरिहरुलाइ सेवा दिदैँ आइरहेकाे छ ।

तस्वीरमा हेर्नुहाेस् आँखा उपचारका केही दृश्यहरु । 

तस्वीरहरु : धन बहादुर गुरुङ

 

 

NO COMMENTS