गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङद्वारा कर्मचारी कुटिएकाे दावी

बुधबार, चैत्र २३, २०७८
0
186

 चैत २३, पोखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले कर्मचारीमाथि कुटपिट गरेका कर्मचारीले दावी गरेका छन् ।

उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको ओझाले बताएका छन् ।

फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले हातपात गरेका हुन् । ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेललाई घटनालगत्तै जानकारी गराएका थिए ।

आफू हिजाेदेखि नै सुरक्षासम्बन्धी बैठकमा बागलुङमा रहेकाे र ओझाले मंगलबार नै घटनाबारे जानकारी गराएकाे भए पनि सम्पूर्ण सत्थतथ्य बुझ्न बाँकी रहेकाे सचिव अधिकारीले बताए ।

ओझले मन्त्री मनाङेले आफूमाथि हातपात र दुर्व्यवहार गरेकाले मंगलबारदेखि नै बिदा बस्ने जानकारी गराएकाे सचिव अधिकारीले जानकारी दिए ।

‘उहाँले घटनाबारे जानकारी गराएर बिदा बस्छु भन्नुभयाे, मैले पाेखरा फर्केपछि छलफल गराैंला भनें’, सचिव अधिकारीले भने, ‘मन्त्रीज्यूले फाेन नै उठाउनु भएन ।’

मन्त्री मनाङेलाई सम्पर्क गर्दा सुरक्षा गार्डले फाेन उठाएर मन्त्री एउटा व्रतवन्धमा रहेकाे र पछि जानकारी गराउने बताए ।

कर्मचारी ओझाले आफू अस्पताल भर्ना भएकाे जानकारी दिएका छन् । निर्वाचन आचारसंहिता लागू हुनुभन्दा अगाडि नै काम सक्न भन्दै मन्त्री मनाङेले ब्रिफिङ गर्ने क्रममा विवाद बढेकाे मनाङेकाे सचिवालयका एक कर्मचारीले बताए ।

मन्त्री गुरुङका अनुसार स्वराेजगार काेषकाे रकममा हिनामिना गरेकाले आफूले यस्ताे नगर्न सम्झाएकाे बताए । कुटपिट गरेकाे भनेर मिडियावाजी गरेकाले कर्मचारी माथि छानविन हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here