Home Breaking News प्रथम शहीद लखन थापा विरुद्ध गलत अभिव्यक्ति दिएकाे भन्दै शहीदलखन गाउँपालिकामा विराेध

प्रथम शहीद लखन थापा विरुद्ध गलत अभिव्यक्ति दिएकाे भन्दै शहीदलखन गाउँपालिकामा विराेध

मङ्लबार, चैत्र २९, २०७८
0
286
गाेरखा । प्रथम शहीद लखन थापा नभएकाे र बालावीर प्रथम शहीद भएकाे भनि पूर्व प्रधानमन्त्री एवँ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिव्यक्ति दिएपछि देशै भरी विराेध सुरु भएकाे छ । प्रथम शहीद लखन थापाकाे नाममा रहेकाे शहीदलखन गाउँपालिकामा साेमबार विराेध सभा सम्पन्न भएकाे छ ।
विराेध सभामा शहीदलखन गाउँपालिका अध्यक्ष रेमश थापा मगरले नेपालका प्रथम शहीद लखन थापा मगर रहेकाे बताए । जनताले पाएकाे अन्याय अत्याचारका विरुद्ध लड्ने क्रममा जहाँनिया राणा शासनले थापालाइ बुँकाेटकाे काउले भङ्गारमा हत्या गरेकाे र नेपाल सरकारले प्रथम शहीद घाेषणा गरेकाे उनले बताए ।
विराेध सभामा शहीद लखन गाउँपालिका वडा नं. ७ खाब्दी भञ्ज्याङ हुँदै लखन थापा स्मारकसम्म बृहत बिरोध र्यालीकाे गरिएकाे थियाे । कार्यक्रममा सयाैँका सँख्यामा नागरिकहरु सहभागि थिए ।
मगर,गैर मगर,नागरिक समाज, बुद्धिजीवी, समाजसेवी,  जनसमुदाय  पालिका भित्रका बुबा-आमा दाजु-भाई दिदि बहिनीहरुकाे उपस्तिथि रहेकाे थियाे ।
कार्यक्रम नेपाल मगर संघ शहीद लखन गाउँपालिका गोरखा , नागरिक समाज शहीद लखन गाउँपालपका -७ गोरखा , प्रथम शहीद लखन थापा तथा जैसिं चुमि प्रजातान्त्रिक क्लब गोरखाकाे आयाेजनामा भएकाे थियाे ।

NO COMMENTS