Home Breaking News धार्चे गाउँपालिकामा जडिबुटी प्रशाेधन केन्द्र स्थापना गरिने

धार्चे गाउँपालिकामा जडिबुटी प्रशाेधन केन्द्र स्थापना गरिने

शनिबार, असार ११, २०७९
0
167

धार्चे, गाेरखा । धार्चे गाउँपालिकाकाे बाह्राैँ गाउँसभाले धार्चे गाउँपालिकामा जडिबुटी प्रशाेधन केन्द्र स्थापना गर्ने नीति लिएकाे छ ।  गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गुरुङले नीति तथा कार्यक्रम र उपाध्यक्ष सुनिला गुरुङले बजेट प्रस्तुत गरेकी थिइन ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि लगायतका  जनतासँग प्रत्यक्ष जाेडिएका क्षेत्रकाे विकास लागि नीति तथा कार्यक्रम अनुसार बजेट विनयाेजन गरेकाे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रुल बहादुर आलेले बताए ।

NO COMMENTS