Home Breaking News आम्दानी बढाउन बँगुर वितरण

आम्दानी बढाउन बँगुर वितरण

मङ्लबार, असार १४, २०७९
0
156

गोरखा । जिल्ला स्थित गोरखा नगरपालिकाले पालिका भित्र रहेका एकल बिपन्न महिलाहरुलाई आयआर्जन बृद्धिका लागि जिविको पार्जन कार्यक्रम अन्र्तगत शत प्रतिशत अनुदानमा बंगुर बितरण गरेको छ ।

नगरपालिकाले १४  वडाका २८ जना एकल महिलालाई बंगुरको पाठी बितरण गरेको नगरपालिकाका कृषि तथा पशुपन्छी शाखाका प्रमुख नविन घिमिरेले बताए ।

६ जना विपन्न किसानलाई ५० प्रतिशत अनुदानमा बंगुर वितरण गरिएको छ ।

‘नगरक्षेत्र भित्रका एकल बिपन्न महिलाहरुको आर्थिक आयआर्जन बृद्धिका लागि जिविको पार्जन कार्यक्रम मार्फत अनुदान सहयोग प्रदान गरिएको हो, मेयर कृष्णबहादुर रानामगरले भने, आम्दानी र गुजरा चलाउन सहयोग पुर्याउन सजिलो हुन्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रानामगरले महिला, तथा बिपन्न बर्गहरुको लागि आफू सधै साथमा रहने बताए ।

NO COMMENTS