Home Breaking News गाेरखाका सडकमा धुलाे रहन दिन्न : प्रचण्ड

गाेरखाका सडकमा धुलाे रहन दिन्न : प्रचण्ड

सोमवार, कार्तिक १४, २०७९
0
160

गाेरखा । पूर्व प्रधानमन्त्री एवँ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गाेरखाका सडकमा धुलाे रहन नदिने बताएका छन् । आइतबार पालुङटार नगरपालिका वडा नम्बर ६ स्थित पाैवाटारमा स्थानीय नागरिकहरुसँग भेटघाटकाे क्रममा प्रचण्डले साे कुरा बताएका हुन् । तीन दिन देखि यहाँकाे सडकमा म यात्रा गरिरहेकाे छु अवकाे पाँच वर्षमा यहाँका सबै धुलाे हटाएर बाटाे कालाेपत्रे गरिने छ अध्यक्ष प्रचण्डले भने ।

यसैगरी नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने बताएका छन् । गोरखाको सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष दाहालसहित पुगेका भट्टराईले यस्तो बताएका हुन् ।

०६४ सालमा र ०७४ सालमा भएका दुई निर्वाचनमा यहाँका जनाताहरुले आफूलाई भारी मतका साथ विजयी बनाएको बताए ।तर अब पार्टी र संगठनमा अरु कुनै ढंगबाट सक्रिय रहने उनले बताए । ‘अब मैले बिदा लिन्छु । एउटै मान्छै सधैं पदमा बस्न सक्दैन र हुँदैन पनि । म अब अरु कुनै ढंगले सक्रिय हुनेछु,’ उनले भने ।

आफूले निर्वाचन जितेपछि बाटो घाटो निर्माण र विकासका कामहरु भएको र केही बाँकी रहेको पनि उनले बताए ।

 

NO COMMENTS