Home Breaking News अजिरकोटमा पोषण सुधार कायक्रम : गर्भवती महिलालाई भैसीको ध्यू

अजिरकोटमा पोषण सुधार कायक्रम : गर्भवती महिलालाई भैसीको ध्यू

आइतवार, असार ३१, २०८०
0
179

असार ३१ गोरखा । जिल्लाको अजिरकोट गाउँपालिकाले षोषण सुधार कार्यक्रम अन्र्तगत पालिका भित्रका गर्भवती तथा सुत्केरी महिलाहरुलाई स्थानीय  ध्यू दिएको छ ।

गाउँपालिकाले कार्यक्रमलाई प्रभावकारी बनाउन चालु आर्थिक बर्षदेखि गर्भवती महिलाहरुलाई लोकल ध्यू लगायतका पोषणयुक्त सामाग्री वितरण गर्न थालेको हो ।

गाउँपालिकाले पालिका भित्रका गर्भवती महिलालाई तीन पटकसम्म पोषण सुधारका सामाग्री प्रदान गर्दै आएको छ ।’ चौथो पटकको गर्भवती महिलासंगको भेटमा गाउँपालिकाले ध्यू, अण्डासंगै न्यानो पछ्यौरा समेत वितरण गर्ने पालिकाले जनाएको छ ।

स्थानीय उत्पादनलाई प्रोत्साहन मात्र नभएर गुणस्तरीय पनि हुने भएकाले स्थानीय उत्पादनलाई नै पोषण सुधारका सामग्रीमा समेटिएको पालिकाले जनाएको छ ।

गाउँपालिका अन्र्तगतका ध्याच्चोक, मुच्चोक लगायतका क्षेत्रमा पोषण सामाग्रीमा पर्ने अण्डा वितरण गर्न लैजादा फुट्ने लगायतका समस्या हुने गरेको त्यसलाई पनि सुधारका लागि पनि कार्यपालिकामा छलफल गरेर निणर्य गर्ने गरेको पालिकाले दावी गरेको छ ।

NO COMMENTS