गोरखा, ९ साउन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई प्रमाणका आधारमा कानुनी दायरामा ल्याइने बताएका छन् ।
प्रेस सेन्टर नेपाल गोरखाद्वारा मँगलबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन आवश्यक रहेको बताए । “ठूला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ।” तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही पक्रिया अघि बढाइन्छ, उनले भने ।
त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनसुन्धान गरिरहेको र प्रहरीलाई जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु, दोषीलाई कुनै पनि हालतमा फत्किन नदिने उनको भनाई छ ।
जनताको जीवनस्तरमा परिवर्तन गर्न सम्बृद्धिको आधार तयार पार्न सरकार प्रतिवद्ध भएर लागेको र पछिल्लो समय सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको गृहमन्त्री श्रेष्ठले बताए ।
मन्त्री श्रेष्ठले अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास भइरहेको बताउनुभयो । श्रेष्ठ बुद्धिजीविहरुको गोरखा प्रशिक्षणमा प्रमुख अथितिको आतिथ्यताका लागि गोरखा आउनुभएको बुद्धिजीवि सँगठनका गोरखा जिल्ला अध्यक्ष बासु केसीले बताए ।