Home Breaking News गाेरखामा स्वास्थ्य विमा गर्नेकाे सँख्या ९५ हजार पुग्याे

गाेरखामा स्वास्थ्य विमा गर्नेकाे सँख्या ९५ हजार पुग्याे

शनिबार, भदौ ९, २०८०
0
139

भदाै, ८ गाेरखा । गोरखा जिल्ला भित्रका ९५ हजार भन्दाबढी नागरिकहरुले स्वास्थ्य बिमा गराएका छन् । बि.स २०७४ असार १५ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको गोरखा जिल्लामा अहिलेसम्ममा ९५ हजार पाँच ५ सय ८५ जनाले स्वाथ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्ड कार्यालय गोरखाका प्रमुख बिशाल लौडारीले जानकारी दिए ।

जिल्लाको ११ वटै पालिकाहरु मध्ये सबैभन्दा धेरै गोरखा नगरपालिका र चुमनुब्री गाउँपालिकामा स्वास्थ्य बीमा गराउनेको संख्या सवैभन्दा न्युन रहेको उहाँले बताउनुभयो । गोरखा नगरपालिका भित्रका २३ हजार ५ सय १८ जनाले स्वास्थ्य वीमा गराएका छन् । सवैभन्दा कम चुमनुब्री गाउँपालिकामा अहिलेसम्म ७ सय ७७ जनाले मात्र स्वाथ्य वीमा गराएको कार्यालय प्रमख लौडारीले बताए ।

पालुङटार नगरपालिका भित्रका १७्र हजार ६ सय ६७ जनाले स्वास्थ्य बीमा गराएका छन भने सिरानचोक गाउँपालिकाका १० हजार ४ सय ४७ जनाले अहिलेसम्म स्वास्थ्य वीमा गराएको उनले बताए । भिमसेन थापा गाउँपालिकाका ९ हजार ७ सय ५ जना आरुघाट गाउँपालिकाका आठ हजार ५ सय ८७ जनाले स्वास्थ्य वीमा गराएका छन ।

अजिरकोट गाउँपालिकाका २ हजार ४ सय ७९ जना, बारपाक सुलिकोट गाउँपालिका मा ६ हजार ६ सय ८४ जना र गण्डकी गाउँपालिकाका ५ हजार ५ सय ११ जनाले अहिलेसम्म स्वास्थ्य वीमा गराएको उनले बताए । जिल्लाको धार्चे गाउँपालिका १ हजार ९ सय ६७ जनाले स्वास्थ्य वीमा गराएको कार्यालयले जनाएको छ ।

पाँच जना भन्दाबढी सदस्य रहेका परिवारले थप एक व्यक्तिको सातसय रुपैया थप गरेर बीमा गर्न सक्ने व्यवस्था रहेको उनले जानकारी दिए ।

गोरखा जिल्लामा बीमा गराएका व्यक्तिहरुले गोरखा अस्पताल, आँपपिपल अस्पताल, मकैसिंह प्राथामिक स्वास्थ्य केन्द्र, जौवारी प्राथामिक स्वास्थ्य केन्द्र र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिनसक्ने गरि स्वास्थ्य संस्थाहरु सुचिकृत रहेको प्रमुख लौडारीले बताए ।

NO COMMENTS