गाेरखा । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिम्खडाले महिलाकाे हक अधिकार जनयुद्धले स्थापित गराएको बताएकी छन् ।
आफ्नाे जन्म थलाे भिमसेन भएकाेले यस ठाउँकाे विकासमा लाग्ने प्रतिबद्धता गर्दछु उनले भनिन । जनयुद्धकाे थालनी देखिनै युद्धमा हाेमिएका नेतृ सिँखडा महिला आन्दाेलन स्थापित गर्न अग्रणी भूमिका निर्वाह गर्ने महिला हुन् । जनयुद्धकाे थालनी पूर्व चुलाे चाैकामा सिमित रहेका महिलाहरु जनयुद्धकाे सुरुवातीसँगै युद्धमा सामेल भए र पछिल्लाे समय सत्तामा ३३ प्रतिशत महिलाहरु सहभागि हुने गरेका छन् । कार्यक्रम भिमसेन थापा गाउँपालिका उपाध्यक्ष अमृतादेवी वस्तीकाे अध्यक्षतामा भएकाे हाे ।