Home Breaking News बुढानीलकण्ठको ४० रोपनी जग्गा कीर्ते प्रकरण : नापीप्रमुख सहित चार जना पक्राउ

बुढानीलकण्ठको ४० रोपनी जग्गा कीर्ते प्रकरण : नापीप्रमुख सहित चार जना पक्राउ

मङ्लबार, भदौ २६, २०७५
0
162

काठमाडौं- बुढानीलकण्ठको ४० रोपनी जग्गा कीर्ते गरी अर्कैको नाममा पास गरेको अभियोगमा नापी कार्यालय चाबहिलका नापीप्रमुख सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार बिहान उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नापी अधिकृत खगेन्द्रप्रसाद अर्याल, नायव सुब्बा रञ्जन कुमार खरेल, रघुनाथ तिमल्सिना र नायव सुब्बा जमुना कुमारी रहेको परिसरका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए।

उनीहरुले बुढानीलकण्ठको ४० रोपनी जग्गा किर्ते गरी बिक्री गरेको अभियोगमा खोजी भईरहेको थियो। किर्ते कागजात गरी ठगी गरेको अभियोगमा म्याद थप गरी थप अनुसन्धान गरिने परिसरले जनाएको छ।

NO COMMENTS