Home साहित्य अनवर अलीका पाँच मुक्तकहरू

अनवर अलीका पाँच मुक्तकहरू

शुक्रबार, भदौ १९, २०७७
0
167

अनवर अली झापागाँउपालिका ५ पन्थापाडा, झापा

मुक्तक १
मलाई हेरीरहयो मुर्ती जस्तै बनि बोल्दै बोलेन्
धेरै बेर टोलाइरहे बोल्छ कि भनि बोल्दै बोलेन्
एउटा तस्बिरले हजारौँ शब्द बोल्छ सुनेको थिँए
उनको तस्बिरले एक शब्द पनि बोल्दै बोलेन् ।
मुक्तक २
कसैको इमानदारिताको अपमान थुकेर गरिन्छ
भष्ट्रहरुको सम्मान तिन्का पाउमा झुकेरगरिन्छ
मेरो देशको संस्कार बडो अचम्मको रहेछ हजुर
यहाँ बलात्कार खुलेआम अनि प्रेम लुकेर गरिन्छ ।
मुक्तक ३
रहन दिएन ओठमा मुस्कान पनि पलभर, उडाइदियो
यो मनभित्र सजाएको हजारौँ लाखौँ रहर उडाइदियो
गरिबहरुको पक्षमा ईश्वर हुन्छ सुनेको थिएँ गलत रहेछ
छिमेकीको महल छोएन हावाले मेरोसानो घर उडाइदियो ।
मुक्तक ४
पुरा हुँदै हुदैन यहाँ सबै रहर मैले बुझेको छु
मान्छेहरु कसरी बन्छन् पत्थर मैले बुझेको छु
पराईले तरवार रेट्दा नि पिडा धेरै नहोला
मुटुमा आफ्नाले हानेको फूलको असर मैले बुझेको छु ।
मुक्तक ५
कुनै पनि पिर-व्यथा नराखी छातीमा, फूल चढाइदिनू
एकथोपा नि आँशु नल्याइ परेलीमा, फूल चढाइदिनू
तिम्रो खुसीको लागि मात्र मर्ने निर्णय गरेको हुँ प्रिया !
अन्तिम पटक आएर मेरो समाधिमा फूल चढाइदिनू ।
अनवर अली झापागाँउपालिका ५ पन्थापाडा
झापा

NO COMMENTS