Home Breaking News अध्यादेश फिर्ता लिन ओली सहमत

अध्यादेश फिर्ता लिन ओली सहमत

बुधबार, पुस १, २०७७
0
367

काठमाडौं : संबैधानिक परिषद् अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन् । बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएर स्थायी कमिटी बैठकमा सहभागी हुन सहमति जनाएका छन् ।

बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्ड र ओलीबीचको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ ।

योसँगै प्रचण्ड पक्ष संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति समक्ष बुझाउन लगेको निवेदन पनि फिर्ता लिने संभावना छ । अहिले ओली सहित नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ ।

NO COMMENTS