पुस १, गाेरखा । गोरखा सदरमुकामको ताप्लेमा गाई काटेको आरोपमा १ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको गोरखा नगरपालिका १ ताप्लेका सोमबहादुर नेपालीलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपालीले आइतबार ताप्ले सामुदायिक बनमा गाई काटेको भन्ने खबर प्राप्त भएको र उनलाई मङ्गलबार नियन्त्रणमा लिएको हो । आज थप अनुसन्धानका लागि गोरखा अदालतमा पेश गरी म्याद थप गर्ने कार्य हुन लागेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पक्राउ परेका नेपालीलाई गोवध सम्वन्धी मुद्वा दर्ता गरी थप अनुसन्धान थालिएको छ । नेपाली संगै गोवध गरेको केही प्रमाण प्रहरीले संकलन गरेको जनाएकाे छ ।





