आँबुखैरेनी, १५ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा कोरोना संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका ३ का ७० वर्षका पुरुष रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।
संक्रमितको शुक्रबार साँझ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मृतक पुरुष लामो समयदेखि क्यान्सर रोगले ग्रसित रहेर उपचार गरिरहेका थिए।
आवुखैरेनीमा कोरोना संक्रमणको दोस्रो भेरियन्टबाट मृत्यु हुनेको संख्या २ पुगेको छ।