Home Breaking News गाेरखामा २४० जना काेराेना सङक्रमित थपिए

गाेरखामा २४० जना काेराेना सङक्रमित थपिए

मङ्लबार, जेष्ठ १८, २०७८
0
162

गोरखा  । गोरखा जिल्लाभर आज २४० जनामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निदेृशनालयले आइतबार जारी गरेको प्रेस बिज्ञप्तिमा जिल्लामा एकैदिन १९४ जना महिला र ४६ जना पुरुषमा संक्रमणको पुष्टी भएको जनाएको छ । संक्रमण पुष्टी भएकाहरुमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा को वडा नम्बर १ र २ मा मात्र १३० जना रहेका छन् ।

सहिद लखन गाउँपालिका र भीमसेन थापा गाउँपालिकामा पनि संक्रमणको पुष्टी भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले पुष्टी गरेको छ । सहिद लखन गाउँपालिकामा पनि आइतबार  मात्र ४९ जनामा कोरोना पुष्टी भएको छ । पछिल्लो समय सहिद लखन गाउँपालिका भित्र संक्रमण दर उच्च छ ।

प्राप्त विवरण अनुसार शहिद लखन गाउँपालिकाको वडा नम्बर ६ मा १२ जना र ७ मा ३७ जनामा संक्रमण देखिएको छ । यता भिमसेन थापा गाउँपालिकामा भने वडा नम्बर १ र ८ मा २÷२ जनामा कोरोना संक्रमण देखिएको छ । निर्देशनालयका अनुसार गण्डकी प्रदेशका ११ जिल्ला मध्ये आइतबार गोरखमा सवै भन्दा धेरै जनामा संक्रमण भएको पाइएको छ ।

NO COMMENTS