जेठ १८, गाेरखा । नेताहरु चुनाव जित्नका लागि जे पनि भाषणमा भन्ने गर्छन भन्दै मानिसहरुले भन्ने गर्छन । विकास निर्माणका काम आवश्यकताका आधारमा राज्यका स्राेत साधनले भ्याएसम्म भइरहेकाे हुन् । गाेरखा जिल्लाका दुइ माओवादी नेताहरु विगत १५ दिन देखि काेराेना भाइरसका सङक्रमण ग्रस्त क्षेत्रमा खटिएर स्वास्थ्यकर्मीकाे टाेलि सहित काम गरिरहेका छन् भन्दा जाे कसैलाइ विश्वास नलाग्न सक्छ । यसका लागि हामीले तल फाेटाे राखेका छाैँ
हेर्नुहाेस फाेटाे



नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको टोली आज दर्बुङ पुगेको छ । दर्बुङ क्षेत्रमा कोरोना भाइरस (कोभिड १९) को जोखिमा परेका परेका नागरिकहरुको एन्टिजेन परीक्षणका लागि नेता हरिराज अधिकारी सहित २ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली सहित दर्बुङ पुगेका हुन् ।
गण्डकी गाउँपालिका वडा नम्बर ५ दर्बुङ स्थित दर्बुङ स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको टोलीले त्यहाँ कोरोना लक्षण देखिएका, संक्रमितको सम्र्पकमा परेका तथा उच्च जोखिममा रहेकाहरुको कोरोना परीक्षण गरेकाे थियाे । ४५ जनाकाे एन्टिजेन टेष्ट गर्दा ३ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।
गण्डकी गाउँपालिका वडा नम्बर ३ फुजेलमा २६ जनामा गरिएकाे एन्टिजेन टेस्टमा २ जना र वडा नम्बर १ मकैसिङमा ११० जनामा गरिएकाे एन्टिजेन टेष्टमा २६ जनामा काेराेना पाेजेटिभ दिएकाे छ ।

टाेलीले जिल्लाकाे पालुङटार, सिरान्चाेक, अजिरकाेट, बारपाक सुलिकाेट, गाेरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका,आरुघाट गाउँपालिकामा यस अघि एन्टिजेन टेष्ट गरेकाे थियाे ।

जनता रहे हामी नेता हाे जनताकाे स्वास्थ्य सुरक्षा गर्नु हाम्राे दायित्व भएकाे नेता श्रेष्ठले बताए । राज्यसँग मिलेर हामीले गर्ने सहयाेग गरिरहेका छाैँ उनले भने ।
माओवादी केन्द्र पार्टीका प्रवक्ता श्रेष्ठ र केन्द्रीय सदस्य हरीराज अधिकारी निरन्तर गाउँ गाउँमा पुगेर नागरिकहरुलाइ सचेत गराउने र स्वास्थ्य समस्यमा परेकाहरुकाे एन्टिजेन टेष्ट गर्ने कार्यमा चिकित्सक सहितकाे टाेली खटिएका हुन् ।
एन्टिजेन किट लगायतका स्वास्थ्य सामग्री जुटाएर उनीहरु गाउँमा खटिदै आएका हुन् । यस अघि पालिकामा पुगेर स्वास्थ्य सामग्री प्रदान गरेका उनीहरुले गाेरखा अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न आवश्यक स्राेत व्यवस्थापन गरेका थिए ।
गाउँमा नेता आएर राेगकाे परीक्षण गर्न सघाएपछि बाँचिने भैयाे भन्दै गाउँलेहरु खुशी भएका छन् । उनीहरुले स्थानीय तहका स्वास्थ्यकर्मी , जनप्रतिनिधिहरुलाइ समेत अनुशिक्षण गर्दै आएका हुन् ।
नेकपा प्रवक्ता श्रेष्ठ र अर्का नेता अधिकारी बैशाख २६ गतेदेखि निरन्तर गाेरखाका सङक्रमित क्षेत्रमा रहेर काम गर्दै आएका छन् ।





