Home Breaking News भीरबाट खसेर मृत्यु भएका गुरुङकाे शव उतार्न कठिनाइ

भीरबाट खसेर मृत्यु भएका गुरुङकाे शव उतार्न कठिनाइ

बिहिबार, असार १०, २०७८
0
496

खाेँचबाट निकालिएकाे सुरेन्द्र गुरुङकाे शव रुग्दै अभिभावक र लाप्राकका नागरिकहरु ।

गाेरखा। बाैद्ध हिमालकाे फेदीमा चारदिनदेखि रहेकाे शव  निकाल्न किएको छैन । सरकारबाट कुनै पनि सहयाेग नभएपछि सहयाेग सङकलन गरेर हेलिकप्टर लिएर जाँदा पनि प्रयास असफल भएकाे हाे ।

माैसममा आएकाे खरावीका कारण समस्या भएकाे हाे ।  शनिबार भीरबाट खसेर बेपत्ता भएका चुमनुब्री गाउँपालिका ३ पाङसिङका २४ बर्षका  सुरेन्द्र गुरुङको शव उनकाे परिवार र लाप्राकबासीले खाेँचबाट निकालेर हेलिकप्टर ल्याण्ड गर्न सक्ने ठाउँमा ल्याएका थिए ।  गुरुङकाे शव निकाल्न  सोमबार र बुधबार दुईपटकसम्म हेलिकोप्टर चार्टर गरिएको थियो ।

वनलसुन संकलन गर्न लेकमा सुरेन्द्रसहित उनका बुबा र भाइ पनि लेकमा गएका थिए । साथमा दुईजना छिमेकी पनि थिए । उनीहरुमध्य एकजना भीरबाट खसेर बेपत्ता भएपछि हेलिकोप्टरबाट उद्धार गरिदिन अनुरोध गरेका थिए ।

शव निकाल्नका लागि चुमनुब्री सेवा समाजले बुधबार  हेलि चार्टर गरेको  समाजका अध्यक्ष वीरबल घलेले जानकारी दिए ।

शवलाइ दाह सँस्कारका लागि आफ्नै थलाेमा लैजानुपर्ने गुरुङ समुदायकाे सँस्कार रहँदै आएकाे छ ।

NO COMMENTS