Home Breaking News ह्वात्तै बढ्याे गाेरखामा काेराेना सङक्रमितहरुकाे सङख्या

ह्वात्तै बढ्याे गाेरखामा काेराेना सङक्रमितहरुकाे सङख्या

शनिबार, साउन १६, २०७८
0
336

साउन १६, गाेरखा । गोरखा जिल्लामा कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या  ह्वात्तै बढेर ५२६ पुगेको छ । जिल्लाका बिभिन्न स्थानीय तहहरुमा संक्रमणको दर बढ्न थालेपछि जिल्लामा संक्रमितको दर दिनानु दिन बृद्धि हुदै गएको छ । जिल्लामा आज थप २ स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षणको क्रममा थप ८ जनामा संक्रमण पुष्टी भएको छ ।

शनिबार भिमसेन थापा र बारपाक सुलिकोट गाउँपालिकामा गरिएको एन्टिजेन परिक्षणमा ८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।परिक्षणका क्रममा भिमसेन थापा गाउँपालिकामा मात्र संक्रमित फेला परेको छ । ६ जना महिला र ८ जना पुरुषमा गरिएको परिक्षणमा ५ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको छ ।

यता बारपाक सुलिकोट गाउँपालिकामा २ जना महिला र ३ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको थियो ।आज प्रदेश स्वास्थ्य निर्देशनालबाट पीसीआर परिक्षणको कुनै पनि रिर्पोट प्राप्त नभएको कार्यालयले जनाएको छ । कार्यालयले आजै भिमसेन थापा गाउँपालिकामा २२ जना महिला र २४ जना पुरुषको पीसीआर संकलन गरेको जनाएको छ ।

NO COMMENTS