आज राष्ट्रिय विभूति अमरसिंह थापाको २०५ औ स्मृति दिवस

शनिबार, साउन १६, २०७८
0
309

साउन १६, गाेरखा । गोरखाको सिरानचोक गाउँपालिकामा शनिबार राष्ट्रिय बिभूति अमरसिंह थापाको २०५ औ स्मृति दिवस मनाएको छ । सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटाको प्रमख आतिथ्यतामा भएको कार्यक्रममा थापाले नेपाल एकिकरण पु¥याउनु भएको योगदानको चर्चा बिषयमा पालिका भित्रका बिधालयहरु बिच बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो ।

तत्कालिन गोरखा राज्यको रक्षा किल्ला सिरानचोक कोटमा १८३८मा चौविसे राज्यहरुसंगको लडाईमा रणकौशल प्रर्दशन गर्न सफल तथा तथा नेपाल एकिकरणमा भूमिका खेलेको स्मरणमा गाउँपालिकाको गाउँसभाले प्रत्येक श्रावण १६ गते पालिका भित्र सार्वजनिक बिदा दिदै आएको छ । सोही अबसरमा वडा नम्बर ६ गाँखुमा स्मृति दिवस कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा भएको बक्तृत्वकला प्रतियोगितामा पालिका भित्रका ७ बिधालयको सहभागिता रहेको थियो । बि.स १८०८ सालमा सिरानचोक गाउँपालिकामा जन्मनु भएका थापाको १८७३ श्रावण १६ गते आजकै दिन रसुवोका गोसाईकुण्डमा निधन भएको इतिहासमा उल्लेख छ । कार्यक्रम गोरखा अमरसिंह पर्यटन समितिको आयोजनामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here