काठमाण्डाै । सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी ओली नियम सँगत नरहेकाे आदेश गरेसँगै ओलीले सेनापति पूर्णचन्द्र थापालाइ बालुवाटार बाेलाएनन मात्रै । उनले आज राती देखि नै सेनालाइ सडकमा उतार्न निर्देशन दिँदै तीन वर्ष कार्यकाल थप गरिदिने बताए । थप कार्यकाल सकिएपछि पनि राजदुत वा अख्तियार तिरकाे नियुक्तिका लागि सिफारिस गरे लगतै प्रभुराम र पूर्णचन्द्र एकआपसमा हेराहेर गरिरहे ।
लमजुङ जिल्ला पुख्याैैली घर भएका सेनापती थापाकाे कार्यका कारण नेपाली सेनामा लाेकतन्त्र आएकाे थियाे । सेनामा माथिल्लाे दर्जाकाे सेनाले तल्लाे दर्जाकाे सेनालाइ सम्मानजनक व्यवहार गर्नुपर्ने प्रचलन थापाले ल्याएका थियाे । सैनिक हेडक्वाटरमा गुनासाे सुन्नका लागि अधिकृत तहका सेनाहरु नै राखेर सेना भित्रका विकृति विसँगति अन्त्य गर्न उनी सफल भएका थिए । सेना भित्र कार्यकाल हाेस् त पूर्णचन्द्र थापाकाे जस्ताे भन्दै तारिफ गर्नेहरुकाे कमि छैन ।
राष्ट्रका लागि लड्ने सेनालाइ एउटा व्यक्तिका लागि प्रयाेग गर्ने कुरामा थापा मञ्जुर थिएनन् । उनले आफूसँग सेनापति हुँदै गरेका प्रभुराम शर्मालाइ समेत सँगै लिएर गए र प्रधानमन्त्रीले भनेका कुरा उनलाइ पनि सुन्ने अवसर दिए ।
नेपालकाे सविधान २०७२ ले भने भन्दा अगाडि सेना जान नसक्ने बताउँदै थापाले आफू अनावश्यक जाेखिम लिन तयार नहुने प्रधानमन्त्रीलाइ बताएर हेडक्वाटर तर्फ हानिए र केही दिन पछि भारत भ्रमणमा गए ।
ओलीलाइ साथ दिन सेना तयार नभएपछि पत्रकार सम्मेलन गरेर भाेलिपल्ट ओली बालुवाटारबाट बालकाेट पुगेका थिए । पूर्णचन्द्र थापाका सहपाठी प्रभुराम शर्माले साउन २६ गतेबाट सेनाकाे पूर्ण कमाण्ड सम्हाल्नेछन् ।